चितवनमा थप एक संक्रमितको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणका कारण चितवनमा थप एकजनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा उपचारत रहेका एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको हो । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

उनिमा क्षयरोग, फोक्सो लगायतका दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ भने संक्रमण पुष्टि भएसँगै उनलाई ६ दिनदेखि आइसीयुमा राखेर उपचार गरिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु  भएको छ जसमध्ये ३ जना चितवनका र एक जना कैलालीका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *