एकैदिनमा थपिए यति धेरै संक्रमित, १२ जनाको मृत्यु

काठमाण्डौ ।  नेपालमा आज थप ७ सय ७ जना संक्रमित थपिएका छन् । त्यस्तै गरि २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिले कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ भने १ सय २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

एकातिर संक्रमितको संख्या बढिरहेको छ भने अर्को तर्फ निको हुनेको संख्या पनि बढीरहेको छ । अहिलेसम्म १७ हजार ९ सय ६४ जना संक्रमितहरु भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने हाल ११ हजार ५ सय ५५ जना संक्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि देशका विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल ११ हजार ७ सय ६८ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *