बैंकका कर्मचारीलाई समेत रोकिएपछि आज सेवा नदिने निर्णय..

काठमाडौं । कोरोना संक्रमित बढेसँगै काठमाण्डौमा गए राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । यसैबीच प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’ निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका सुरक्षाकर्मीले बैंकका सीईओलाई समेत बाटैमा रोकेको बैंकर्सहरु बताउँछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने माथिको आदेश बमोजिम काम गरिरहेको बताएका छन् भने बैंकका सीईओ लगायतको गुनासो आएपछि अहिले भने सहजीकरण गरिरहेको उनले बताएका छन् ।