लगानीकर्ताले अनलाइनबाटै युजर आईडी र पासवर्ड पाउने, ब्रोकर धाउनु नपर्ने

काठमाण्डौ । अब लगानीकर्ताले अनलाइन युजर आईडी र पासवर्ड लिनका लागी ब्रोकर कार्यालय जानुपर्ने झन्झटबात मुक्ति पाउने भएका छन् । अब अनलाइनबाट नै आइडी र पासवर्ड पाइने भएको छ । अनलाइन कारोबार प्रयोजनका लागि लगानीकर्ता र ब्रोकरबीच हुने सम्झौता अनलाइन माध्यमबाटै गर्नका लागी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो।

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण अनलाइन युजर आईडी र पासवर्ड अनलाइनबाट लगइन दिन ब्रोकरहरुलाई निर्देशन दिइएको नेप्सेका सीईओ चन्द्रसिंह साउदले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यही साताभित्र आफ्नो वेबसाइटबाटै लगानीकर्ताले अनलाइन युजर लगइन लिन सक्ने अनामनगरस्थित स्टक ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णुराज ओझाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *