सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइने प्रधानमन्त्री ओलीको भनाई :

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउने विषयमा आफू गम्भीर रहेको बताएका छन् । आज यस विषयमा नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय तथा निकायसँग परामर्श गरी अङ्ग्रेजी भाषाको प्रयोगमा रोक लगाउने विश्वास दिलाएका छन् ।

वि.स. २०७४ भदौ ५ गतेदेखि नेपाल सरकारको निर्णय अनुसार सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएको थियो भने गत २०७६ मङ्सिर २७ गते यसविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भइसकेको छ ।  त्यस्तै नेपालको संविधानको धारा ७ को उपधारा (१) अन्तर्गत देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनेर उल्लेख गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोनाका कारण तत्काल बजेटको अभाव रहेपनि आगामी दिनमा यस कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने प्रधानमन्त्री ओलीले आश्वासन दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *