माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं । माछापोखरीबाट प्रहरीले दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । साथै उक्त प्रकरणमा संलग्न रहेका एक जना माछापोखरीबाट र अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जनाएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए भने त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोटमा पठाएको टोलीले तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसएसपी थापाले बताएका छन् । यस घटनाबारे अहिले विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।