प्रधानमन्त्रीले भने, ‘कोरोना भाइरस समुदायमा फैलिने सम्भावना देखियो,सबै सजग बनौ “

काठमान्डौ
भाद्र ४
यति बेला कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुने को संख्या बढे क्रम जारि भएपछि नेपालका केहि ठाउमा लक् डाउन ,अन्य ठाउँ मा सट डाउन र उपत्यकाका तिन जिल्लामा निषेधाज्ञा जारि गरिएको छ। यसै बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस समुदयामा फैलिने खतरा रहेको बताएका छन्। कोभिड-१९ संंकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीसँग बुधबार भएको छलफलमा प्रधानमन्त्री ओलीले संकट व्यवस्थापनका लागि आफ्ना तर्फबाट योजना ल्याउनसमेत मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

‘संकट धेरै नै गहिरिँदै गएको छ। अब समुदायमा पनि पनि फैलिने सम्भावना देखियो,’ प्रधानमन्त्रीको भना उद्धृत गर्दै एक मन्त्रीले भने, ‘कोरोना भइरसको नियन्त्रणका लागि तपाईंहरूले पनि आफूले सोचेको योजना लिएर आउनुस्।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्ना मन्त्रालयका तर्फबाट साथै कोभिड-१९ व्यवस्थापनका लागि गर्न सकिने योजनाको प्रस्ताव ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भएको बताए।

बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले थप निर्णय गर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *