पहिलो खेलमै सन्दीपले लिए विकेट

काठमाण्डौ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएका हुन् भने उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भएको छ ।

सेन्ट लुसियालाई जमैकाले पाँच विकेटले हराएको थियो । उक्त टोलीबाट सन्दीपले सबैभन्दा किफायती बलिङ गरेका थिए । वौँ ओभरमा बलिङ गर्न आएका उनले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सन्दिपले पहिलो ओभरमा आठ रन, ११औं ओभरमा तीन रन र १३औं ओभरमा आठ रन दिएका थिए भने १५औं ओभरको दोस्रो बलमा विकट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *