निषेधआज्ञा उल्लघन गर्ने लाइ बाटो बाटोमा यस्तो गरिदै

काठमाडौँ ।
भाद्र ४
आज बाट उपत्यकाका ३ जिल्लामा निषेधआज्ञा जारी गरिएको छ। यो निषेध आज्ञा निकै नै कडाइका साथ् पालना गर्न लगाउने भनिएको छ। यति हुदा हुदै पनि केहि मानिस भने बाहिर निस्किएका छन्। उपत्यकाका तिनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेश उल्लङ्घन गरेर घरबाहिर निस्कनेलाई प्रहरीले सडकमा ‘होल्ड’ गरेका छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवका अनुसार साढे १० बजेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ५ सय १० जनालाई होल्ड गरिएको छ । तीमध्ये ३ सय ५३ पुरुष र १ सय ५७ जना महिला छन् । एका बिहानै यति धेरै मानिस बाहिर निस्किनुलाइ सचेतनाको कमिनै मान्नु पर्छ ।
निषेधाज्ञा लागु गर्न खटिएका प्रहरीले पैदल यात्रुलाई सडकमै होल्डिङ सेन्टरमा राखेर घर बाहिर निस्कनु नहुने बारे सचेतना कक्षा लिन्छन् । र t
काठमाडौँ जिल्लामा मात्रै प्रहरीले ४ सय ३७ जनालाई होल्ड गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई अवस्था हेरेर २ देखि ३ घण्टासम्म होल्ड गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले बताए ।
‘दुईदेखि तीन घण्टा होल्ड गरेर हामी छाड्छौँ,’ एसपी राठौरले भने, ‘होल्ड अवधिमा कोभिड–१९ र निषेधाज्ञाबारे सम्झाइ बुझाइ गर्छौँ ।’