राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई ‘राज्यविरुद्धको कसुर’ मुद्दा

काठमाडौँ ।
राष्ट्रिय झण्डा जलाउनु अपराध भएको कुरा सम्बिंधानलेमा नै लेखीएको छ।राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।
झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।झण्डा जलाउने कुरा अपराध हो भन्ने कुरा जान्दा जान्दै पनि राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाएका थिए ।
गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ संख्या १० पुगेको हो ।
सो समूहले मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा ब्राम्हण र क्षेत्री समुदायलाई घृणा फैलाउने अश्लिल गाली गरिएको पनि देख्न सकिन्छ ।
मुलुकी अपराधसंहिता–०७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ ।सो ऐनको दफा (४९) को उपदफा (४) कसैले सार्वभौमिक अखण्डता, बर्गिय, जातिय, क्षेत्रीय, धार्मिक वा सांप्रदायिक दंगा भड्काउने काम गरे ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।
मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।राष्ट्रिय झण्डा जलाउनु अपराध भएको कुरा सम्बिंधानलेमा नै लेखीएको छ
‘देशद्रोही’ शीर्षकको सो भिडीयो सोमबार ‘मंगोल हप अफिसियल’ नामका युट्युव च्यानलबाट अपलोड गरिएपछि विवादमा परेको थियो ।झण्डा जलाउने कुरा अपराध हो भन्ने कुरा जान्दा जान्दै पनि राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाएका थिए ।