सर्वोच्च अदालतको आदेश पछी सुशान्तको मुद्दाको छानबिन सीबीआइलाई गर्ने

सुशांत सिंह राजपूत को १४ जून २०२० को दिन में मुम्बईको बांद्रा स्थित उनके घरमा मृतु भएको थियो। उनकी मृत्यु पछी  उनका प्रशंसकले सीबीआईको जांचको माग गरि रहेका थिए।

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार प्रहरीले दर्ता गरेको एफआइआर सही भएको, सीवीआई जाँचको सिफारिश कानुन बमोजिम भएको फैसला गरेको छ । साथै, मुम्बई प्रहरीलाई सीबीआई जाँचका लागि सहयोग गर्न र सम्पूर्ण प्रमाण सीबीआइलाई वुझाउन आदेश दिएको छ ।

सर्वोच्चले यो बिषयमा दर्ता हुने एफआइआरको जाँच पनि सीबीआइले नै गर्नुपर्ने आदेश दिएको हो ।

यो फैसला आउनासाथ बलिउडकर्मीले अब सत्य कुरा बाहिर आउने विश्वास गरेका छन् । नायक अक्षय कुमार, नायिका कंगना रनावतदेखि सुशान्तकी बहिनी श्वेता सिंहले सर्वोच्चको फैसलामा खुशी जनाएका छन् ।

नायिका रिया चक्रवर्तीले बिहारमा भैरहेको जाँचको आधारमा सीबीआइलाई मुद्दा ट्रान्सफर गर्नु कानुन विपरित भएको भन्दै उजुरी दिएकी हुन ।

अन्तमा सुशांत सिंह राजपूत मृतुको छानमिन सीबीआईले नै गर्ने भएको छ । यसले उनका प्रशंसकलाई खुसि मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *