होम आइसोलेशनमा बस्ने कोरोना संक्रमितलाई टोखा नगरपालिकाले हरेक दिन ३५० रूपैयाँ दिने

काठमाडाैं

कोरोना भाइरसले म*हामा*रीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ । यसले सबैलाई प्र*भावित पारेको छ । नेपालमा पनि संक्रमितको सङ्ख्या बढदो छ ।

टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने संक्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रूपैयाँ उपलब्ध गराउने भएको छ।

नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ। धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *