सप्तरीमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाण्डौ । मंगलबार सप्तरीमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय युवकको मृत्यु पछि उनीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताएका छन् ।

रुघा खोकी, स्वाशप्रश्वाशमा समस्या, दम लगायतको समस्या देखिएपछि उनलाई यहि मंगलवार उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजको ओपिडिमा लगिएको थियो भने केहि समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन दिँदा पनि उपचार सम्भव नभएपछि उनलाई विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यहाँ नै उनको मृत्यु भएको हो भने  मृत्युपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *