कुखुराको मासु तथा अण्डाबाट कोरोना नसर्ने, बरु उल्टै यति फाइदा पुर्याउने :

काठमाण्डौ । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको खबर चलेसँगै कुखुराको मासु तथा अन्डाबाट भाइरस नसर्ने भन्दै यसले उल्टै फाइदा पुर्याउने पशु सेवा विभागले दाबी गरेको छ। साथै यस किसिमका खबर भ्रामक रहेको भन्दै विभागले एक विज्ञप्ति जारी गर्दै यसको खण्डन गरेको हो र यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
विभागले अहिलेसम्म विश्व स्वास्थ्य संगठन तथा विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानमा जनावर र पन्छिबाट भाइरस सर्ने पुष्टि नगरेको बताउँदै कुखुराको मासु र अन्डाको नियमित सेवनले कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने दाबी पनि गरेको छ।