काठमाण्डौमा निषेधाज्ञा जारी गरिएसँगै के के कुरामा रोक ?

काठमाण्डौ । आजदेखि लागु हुनेगरी काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ भने यस अवधीमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार तथा व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ । जिल्लाभित्र अत्यावश्यक बाहेकका हरेक प्रकारका सवारीमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक अन्य सम्पूर्ण सवारी काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न समेत निशेष गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै कुनै पनि किसिमको मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाहुन भिडभाड गर्न तथा सभा जुलुस गर्नसमेत निषेध गरिएको छ ।  निषेधाज्ञाको उल्लघन भएको अवस्जोथामा तथा यसमा अवरोध पुर्याउनेलाई प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *