कक्षा ११/१२ को नतिजा र भर्नाको तालिका यस्तो छ

काठमाडौ ।
भाद्र ४
राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । यस्तो बेलामा के हुने हो भन्ने जनमानस मा चासो बढेको छ। तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ। यस्तो नियम निकै सोचेर गरिएको उनले बताए।
११ को नतिजा आएपछि कक्षा १२ मा
यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले अब कक्षा १२ मा जानुअघि नै कक्षा ११ उत्र्तीण गरेको हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीलाई कक्षा ११ उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै कक्षा १२ मा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभयो । सरकारले कक्षा ११ कोपनि एसईई कै जस्तो आन्तरिक मुल्याङ्गनमा अंक दिएर नतिजा निकाल्ने निर्णय गरिसकेको छ । यसको तयारी भइरहेको छ । कक्षा ११ को नतिजा आएपछि नै कक्षा १२ मा भर्ना प्रक्रिया सुरु गरिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भइसकेको छ । बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन र नतिजा प्रकाशनका लागि कार्यविधि जारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले असार १९ गते परीक्षा सञ्चालन र प्रमाणीकरणको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको थियो । यसअघि कक्षा ११ को लिखित परीक्षा बोर्ड र प्रयोगात्मक परीक्षा विद्यालयले सञ्चालन गरेर बोर्डले प्रमाणपत्र जारी गर्थ्यो