लिदी पहिरोमा बेपत्तामध्ये थप तीन जनाको शव भेटियो, मृत्यु हुनेको संख्या २८

काठमाडौं । शुक्रबार सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता भएका मध्य थप तीन जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परि ३७ घर क्षती भएको छ भने आज ३ जनाको शव भेटिएसँगै मृत्यु हुनेको कुल संख्या २८ पुगेको छ । आज भेटिएको शव एक बालक र दुई महिलाको रहेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र  १८ वर्षीया ललिता दोङको शव  फेला परेको हो । पहिरोमा परि कुल ३९ जना बेपत्ता भएका थिए भने २८ शव भेटिएसँगै अझै ११ जना बेपत्ता छन् । हालसम्म १४ जना बालबालिका गरि कुल १५ पुरुष र १३ महिलाको शव भेटिएको छ ।

पहिरोमा बेपत्ता हुनेको खोजीमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासी जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *