पोर्चुगलमा ७१ बर्षीय हृदयारोगी राष्ट्रपतिले यसरि समुन्द्रमा दुइ महिलाको ज्यान बचाउदा संसारले गर्यो तारिफ..

एजेन्सी
भाद्र ४
कोहि मानिसमा अद्भुत शक्ति हुन्छ ,आफ्नो बुढेसकाल र कामजोर स्वास्थ्य स्तिथिका बाबजुत पनि उनीहरुको उल्लेखनीय कामले गर्दा उनीहरु चर्चामा आउछन। यस्तै एउटा घटना पोर्चुगलमा पनि घटेको छ। रास्ट्रपतिको काम भनेको जनताको सुरक्षा हो भन्ने कुरा पनि यो घटनामा प्रमाणित भएको छ। पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो डुङ्गामा सवार थिए । यसैबीच उनीहरुको डुङ्गा पल्टियो । उनीहरु आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहेका थिए ।

समुद्र तटमा भएका राष्ट्रपति तत्काल पौडी खेलेर उनीहरु भएठाउँ पुगे र एक अन्य व्यक्तिको मद्दतले उनीहरुको ज्यान बचाए । राष्ट्रपति मर्सेलो देशको पर्यटन क्षेत्रमा टेवा पुर्याउनका लागि आजकाल यो इलाकामा आफ्नो छुट्टी मनाइरहेका छन् ।

राष्ट्रपतिले त्यतिबेला समुद्रमा ठूलो छाल आइरहेको र दुबैको मुखमा केही मात्रामा समुद्रको पानीसमेत भरिइसकेको जानकारी दिए । पानी पिएका कारण उनीहरु दुबैले पोडी खेल्न नसकेको राष्ट्रपतिले जानकारी दिए । घटनाको भिडियो फुटेजमा ७१ वर्षका राष्ट्रपतिले महिलाको पुकार सुनेर समुद्रमा हाम फालेको र पौडी खेल्दै उनीहरु भएठाउँ पुगेको देख्न सकिन्छ ।

त्यति नै बेला जेट स्कीमार्फत् एक व्यक्ति पनि महिलालाई बचाउन पुगे । राष्ट्रपतिले ती व्यक्तिलाई देशभक्त बताएका छन् । स्मरण रहोस्, मर्सेलो हृदयरोगी हुन् ।

यस बाट केहि सिक्ने कि?

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *