आजको मौसम , यी स्थानमा भारी वर्षा हुने :

काठमाण्डौ । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको र भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको कारण देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै प्रदेश १, प्रदेश ५ तथा कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानहरुमा भने वर्षा भइरहेको छ । आज जारी गरिएको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर नै सामान्यतया बदली रही प्राय स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
आज राति भने देशभर नै सामान्यतया बदली रही देशभरका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।