गोली हानि रौतहटमा पुजारीको हत्या

काठमाण्डौ । रौतहटको माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको हो । अज्ञात व्यक्तिद्वार उनलाई बुधबार गोलि हानिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका साहलाई ती व्यक्तिले नजिकैबाट बायाँ कन्चटमा गोली हानेका थिए भने उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिएका छन् । यस घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *