नेपालकै शक्तिशाली देवीको मन्दिर मासिएका कारण ६० जनाको निधन

काठमाण्डौ । बिपी राजमार्गस्थित रिट्ठे भीरको सडकमा हजारभन्दा बढी ऐनाहरु टाँसेको दृश्य देख्न सकिन्छ । आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा एउटा गोरेटो बाटो थियो । त्यस बाटो नजिकै एउटा ठुलो सालको रुख थियो भने उक्त रुखमुनि एउटा सानो पोखरी थियो । त्यस पोखरीबाट पानी आउथ्यो र वरपर मानिसलाई त्यहाँबाट पानी लैजान निकै सजिलो हुन्थ्याे।

तर जापान सरकारले उक्त सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । त्यस ठाउँमा पूजा आजा गरिन्थ्यो भने सडक बनाउँदा त्यस पोखरीमा  देवी छन् भन्ने कुरा कसैलाई पनि थाहा भएन । त्यसको केही समयपछि नै त्यहाँ एक आठ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बस्ने ठाउँ नै भत्कायौ र मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मेरो लागि कसैले पनि त्यहाँ मन्दिर बनाइदिएन । जबसम्म मेरो नाममा त्यस स्थानमा कुनै मन्दिर बन्दैन तब सम्म म धेरै मान्छेहरुको भोग खान्छु भनेर उनले भनिन् । त्यस क्षणमा स्थानीयहरु त्यस कुरामा खासै गम्भीर भएनन् । त्यसको केही समयपछि नै एक यात्रुवाहक बस सुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भएको थियो भने उनीहरुको आत्माले शान्ति पाओस् भनेर स्थानियहरुले सप्ताह पनि लगाइदिएका थिए । सप्ताह लागेको समयमा पुन एक्कासी एउटी महिलामा देवी उत्पन्न भइन भने उनले बोकेको भरमा नै कोशी नदीमा गएर सेतो ढुङ्गा लिएर त्यस ढुंगालाई एउटा रुखको जरा* को सेतो र रातो कपडाको धोजा बनाएपछि त्यस स्थानमा मन्दिर बनाएको स्थानीयहरु बताउँछन् ।

त्यस समय देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखिएको भने बिस्तारै ती ऐनाले धेरै संख्या लिन पुगेको हो । ऐनाको दृश्यमा भु* तप्रे* त आउन नसक्ने र मानिसलाई दुः ख दिन नसक्ने भएकाले गर्दा यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *