जय श्रीकृष्ण, हेर्नुहोस् आजको पुरा राशिफल :

काठमाडौं । आज मिति २०७७ साल भदौ ४ गते बिहीबारको राशिफल यसप्रकार रहेको छ :
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्का विच मिलेर अगाडि बढ्न सकिनेछ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । पारिवारिक सम्बन्ध सुध्रिने छ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। बोलीको प्रभाव बढ्नेछ भने बाेलीकाे भरमा काम सम्पादन हुनेछ।
वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) : आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। पढाइ लेखाइमा चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ। नजिकका मानिससँग मनमुटाव बढ्नेछ। विश्वास गरिएका पात्रबाट धोका हुन सक्छ भने परिस्थिति अनुसार चल्न नसक्ता दु:ख पाइनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ने हुँदा सचेत रहनुहोला। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ। माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ। प्र’तिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : राजनीति तथा समाजसेवामा गरीएको लगानी निकै फलदायी हुनेछ भने पद पाउने योग छ। मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । जटिल काम समेत सम्पादन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ।
कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो गरि समय व्यातित गर्न सकिनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) : सरसफाईमा विशेष ध्यान दिनुहोला । सामान्य आँखा सम्वन्धी समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा मनमुटाव हुनेछ । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन्। स्वास्थ्यका गढ़बधि हुन सक्छ भने सवारी चलाउँदा विशेष ध्यान दिनुहोला ।
वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ। पारिवारिक सम्बन्ध सुध्रिने छ भने दाम्पत्य जीवनमा धेरै राम्रो हुने योग छ । साथै विभिन्न अवसरले पछ्याउनेछन् ।
धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम प्रस्ताव आउँने तथा पति पत्नी विच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ। काम वा अध्ययनको शिलशिलामा विदेश जाने मौका मिल्नेछ भने सरसफाईमा विशेष ध्यान दिनुहोला। विभिन्न अवसरले पछ्याउनेछन् । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न सकिनेछ र आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) : भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु स’ल्टाउँन सकिने हुदा मन प्रशन्न रहनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ।
मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : व्यावसायिक काममा खर्च बढ्नेछ । फ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेपनि अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् ।