सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या २५ पुग्यो :

काठमाण्डौ । गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परि ३७ घर क्षती भएको थियो भने आज चार वर्षीय समराज दोङको पनि शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट पहिरामा बेपत्ता रहेका मानिसको खोजीमा जुटेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *