उत्तर कोरियासँग कति छन् परमाणु बम?

काठमाण्डौ । अमेरिकी सेनाको एउटा रिपोर्टले उत्तर कोरिया विश्वको तेस्रो ठूलो रासायनिक हतियार भएको देश भन्दै उत्तर कोरियासँग ६० वटा परमाणु बम रहेको खुलासा गरेको छ ।
यसका साथै उत्तर कोरियासँग ५ हजार टनसम्म रासायनिक हतियारहरूको भण्डार रहेको पनि अमेरिकी सेनाको आन्तरिक रिपोर्ट ‘नर्थ कोरियन टयक्टिस’मा उल्ल्व्ख गरिएको छ। सो रिपोर्टका अनुसार उत्तर कोरियासँग २० देखि ६० वटासम्म परमाणु बम तथा २५०० देखि ५००० टन विभिन्न प्रकारका २० रासायनिक हतियार रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
मंगलवार दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले अमेरिकी सेनाको यस रिपोर्टबारे जानकारी दिएको हो।