६ मृत्युसहित आज थपिए यति धेरै संक्रमित :

काठमाण्डौ । दिनहुँ संक्रमित बढ्ने क्रममा नेपालमा आज थप ६ सय ८१ जना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा अहिले कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ भने १ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

एकातिर संक्रमितको संख्या बढिरहेको छ भने अर्को तर्फ निको हुनेको संख्या पनि बढीरहेको छ । अहिलेसम्म १७ हजार ७ सय जना संक्रमितहरु भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने हाल ११ हजार १ सय १८ जना संक्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि देशका विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल १३ हजार ५ सय ७१ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *