कालिकोटमा पहिरोमा परि ४ जना बेपत्ता

काठमाण्डौ । अविरल बर्षाको कारण बुधवार बिहान आएको पहिरोमा पुरिएर कालिकोटको नरहरिनाथ गाउँपालिका–५ का ४ जना बेपत्ता भएका छन् । पहिरोले रुप्सा लेकमा रहेको तुले सहकारी र धने सहकारीको गोठ बगाएको छ भने त्यससँगै चारजना मानिस बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बेपत्ता हुनेमा ६० बर्षिय चन्द्र सहकारी, २९ बर्षिया पम्फादेबी सहकारी, ३० बर्षिया भीमा सहकारी  तथा उनका ९ बर्षिय छोरी रमित सहकारी रहेका छन् । अहिले बेपत्ताहरुको खोजीको लागी नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *