कर्णालीमा पहिरोमा परि ३ जनाको मृत्यु, ४ जना घाइते

काठमाण्डौ । मंगलबार राति भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो आएको छ जसमा निकै धेरै जनधनको क्षती भएको छ । यस्तै हिजो राती आएको पहिरोले घर बगाउँदा दैलेखमा दुईजना र सुर्खेतमा एकजनाको मृत्यु भएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका-५, कट्टीका घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा ६६ वर्षीय बलबहादुर रावत र ठाँटीकाँध गाउँपालिका-४ गैरीगाउँका १२ वर्षीय जनक कठायतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै एकै परिवारका ४५ वर्षीय टिकाराम कठायत, ११ वर्षीय लोकेश कठायत, ४१ वर्षीया धनसरा कठायत र १५ वर्षीय शम्शेर कठायत र छिमेकी बमबहादुर नेपाली पनि पहिरोमा परि घाइते भएका छन् । यता सुर्खेतको सिम्ता गाउँपालिका-१ मा रंगे खत्रीको घर पहिरो बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले बताएको छ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *