अष्ट्रेलियाले आफ्ना नागरिकलाई कोरोनाको खोप नि:शुल्क दिने

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको खोप बनिरहेको र यो छिट्टै तयार हुनेबताउँदै आफ्ना नागरिकलाई नि: शुल्क वितरण गर्ने समेत बताएका छन् । यसको लागि स्वीडिश ब्रिटिश फार्मास्युटिकल कंपनी एस्ट्राजेनेसँग सम्झोता भइसकेको उनले बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
कोरोनाको खोप चाँडो उपलब्ध गराउनका लागी अष्ट्रेलियन सरकारले प्रमुख फार्मा कम्पनीहरूसँग रोडम्याप मागको छ। यस वर्षको अन्तिमसम्ममा कोरोना खोपको क्लिनिकल परीक्षणको तेस्रो चरणको परीक्षणको नतिजा आउने सोधकर्ताहरुले अपेक्षा गरेका छन्।