पर्सामा दुइजना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । पर्साको नारायणी कोरोना अस्पताल उपचाररत वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
विर्ता का ८४ वर्षीय पुरुषको मृत्यु मंगलबार राती १०:३० बजे भएको थियो भने भिस्वाका ५७ वर्षीय पुरुषको मृत्यु मंगलबार दिउँसो ३ः३० बजे भएको हो । दुवै जनाको मृत्यु गए राती भएको हो । यससँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको कुल संख्या ३० पुगेको छ । साउन महिनामा मात्रै पनि २४ जनाको मृत्यु भएको थियो ।