सुशान्त सिंह मृत्यु प्रकरणको जाँच अब सिबिआईले गर्ने :

काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जुन १४ तारिकमा देह त्याग गरेका थिए । यस घटनाले सर्वत्र चर्चा बटुलेको थियो । कहिले नेपोटिजम त कहिले हत्या भएको भन्दै विभिन्न चर्चित चलाचित्रकर्मी समेत मुछिएका थिए । साथै उक्त घटनामा मुम्बई पुलिसले उचित काम नगरेको भन्दै सिबिआइको माग समेत भइरहेको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अब भने यस घटनाको जाँच सीबीआईले नै गर्ने भएको छ । बुधबार भारतको सर्वोच्च अदालतले यस विषयमा जाँच गर्नका लागी सीबीआईलाई आदेश दिएको हो । बदनाम गर्ने अभियानको शिकार भएका निर्दोषहरुले निष्पक्ष जाँचको माध्यमबाट सत्यतथ्य बाहिर आउँदा  न्याय पाउनेछन् । रिया चक्रवर्तीले आँफै पनि न्यायको माग गरेको हुँदा सीबीआईको जाँचको फैसलाले उनलाई पनि न्याय मिल्नेछ।’ अदालतले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *