थप चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिला र सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया महिला रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै पर्साको नारायणी कोरोना अस्पताल उपचाररत वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुष रहेका छन् । पाटन अस्पतालमा उपचाररत महिलाको बुधबार मृत्यु भएको हो भने अन्यको गए राती मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *