बैतडीमा पहिरो खसेर घर पुरिदा एकै घरका ४ जना घाइते..

काठमाण्डौ । बैतडी जिल्लाको सुर्नया गाउपाँलिका वडा नम्बर ५ मडैगाउँमा घर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका ४ जना गम्भीर घाइते भएका छन् । गत राति भएको अविरल वर्षासँगै खसेको पहिरोले गर्दा बुधबार विहान घर भत्किएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

घाइते हुनेमा ४५ वर्षीय बीरबहादुर मडै, ४३ वर्षीया सुन्दरी मडै, २२ वर्षीया सरस्वती मडै र २० वर्षीया पार्वती मडै रहेको रौलेश्वर प्रहरी चौकीका ईन्चार्ज धनसिंह धामीले जानकारी दिएका छन । घाइतेहरुलाई अहिले उपचारको लागी डडेल्धुरा अस्पताल पठाइएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *