राष्ट्रिय झण्डा जलाउने ८ जना पक्राउ :

काठमाडौं । यहि सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट एउटा म्यूजिक भिडियो अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समेत समावेश गरिएको उक्त भिडियोको अहिले सामाजिक संजालमा निकै आलोचना भैरहेको छ भने  त्यस म्युजिक भिडियो सुट गर्ने समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *