पर्सा र बारामा कुल ११७ जनामा कोरोना पुष्टि, बहुदरमाईमा मात्रै ९० जना

काठमाण्डौ । पर्सा तथा बारामा एकै दिन १ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमध्य ३५ जना महिला र ८२ पुरुष रहेका छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका एकैदिन यति धेरै संक्रमित भेटिएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पर्साको बहुदरमाई नगरपालिकामा मात्रै ९० जना संक्रमित भेटिएका छन् भने पर्साकै वीरगञ्जमा ६ जना, जिराभवानी गाउँपालिकामा ४ जनाज र छिपरमाई गाउँपालिकामा एकजनामा संक्रमण पुष्टि भएको हो । यसका साथै बयोधा अस्पतालका ६ जना, नेपाली सेनाका ४ जना, बाराका ४ जना, भारतीय महावाणिज्य दूतावास तथा सप्तरीका एक/एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *