तीन वर्षसम्म पनि कालोपत्रे नभएको एक किलोमिटर सडक

काठमाण्डौ । दिपायल–मौवा सडकको दिपायल सिलगढी नगरपालिका–२ दिपायल खण्डको बझाङ्गसँग जोडिने सडक सडकजस्तो नै छैन । दिनहुँ दर्जनौं गाडी गुड्ने उक्त सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको तीन वर्ष पुग्न लाग्दासमेत काम सम्पन्न भएको छैन ।

नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरले उक्त सडक कालोपत्रे गर्नका लागि २०७४ साल कार्तिक २० गते निर्माण व्यवसायी एमके÷देवसिंह जेभीसंग सम्झौता गरेको थियो भने भ्याट सहित एक करोड ४९ लाख ३० हजार ठेक्का सम्झौता रहेको उक्त आयोजना अझैसम्म पनि कार्यान्वयन हुन सकेको छैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सडक नाबनिदिँदा आफुलाई निकै कष्ट भएको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *