कक्षा ११ को भर्ना कहिले सुरु हुन्छ ?

काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ प्रकाशित गरेको छ भने यससँगै अब विधार्थी तथा अभिभावकलाई कक्षा ११ को भर्नाको सुर्ता पर्न थालेको । अघिल्लो सालसम्म भर्ना गरेर कक्षा ११ को पठनपाठन सुरु भइसक्ने यस समयमा यस सालको भर्ना पनि टुंगो भएको छैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस वर्ष कक्षा ११ को भर्नाको निधो भने भदौ १५ गते पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले सङ्क्रमणबीच नै नतिजा सार्वजनिक गरेको जानकारी दिँदै भर्नाको निधो नभएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *