अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता, ६ जनाको शव भेटियो

काठमाण्डौ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर धेरै ठुलो क्षती गरेको छ । बाढीले बगाएका ६ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताएकी छिन् । मृतकहरुको अझै सनाखत हुन सकेको छैन भने अझै पनि १७ जना बेपत्ता छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ भने बाढीले त्यहाँ रहेका करिब १६ घर बगाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् भने उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलतर्फ जाने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *