राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजाको यस्तो भनाई :

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन् । आज पूर्वराजा शाहका सचिवालय सदस्य फणि पाठकले शाहका तर्फबाट एक शोक वक्तव्य जारी गर्दै देशभक्ति तथा प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौँ काव्य कृति सदापठनीय तथा मननीय रहेको जनाएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै घिमिरेको निधनले नेपाली साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको बताउँदै घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *