यति राम्रो आजको राशिफल, पुरै हेर्नुहोस् :

काठमाडौं । आज भदौ ३ गते बुधबारको राशिफल यस प्रकार छ :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नयाँ काम सुरु गर्ने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।  अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ।  श्रमको उचित मूल्याङ्कन हुनेछ र गरेका कामबाट राम्रै लाभ हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पारिवारिक सम्बन्ध निकै राम्रो हुने देखिन्छ ।

वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ,साथै रोकिएका काम पुनः सुरु हुन सक्ने  योग रहेको छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ भने साथीभाइबाट पनि राम्रै सहयोग जुर्नेछन्। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्नेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । साथै पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) : आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। सोचेभन्दा कम फाइदा मिल्नेछ भने अस्वस्थताका कारण चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । चोटपटकको योग रहेको हुँदा सवारी साधन हाँक्दा सचेतता अपनाउनुहोला।

कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ। चोटपटकको योग रहेको हुँदा सवारी साधन हाँक्दा सचेतता अपनाउनुहोला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय रहेको छ। जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग भने सम्बन्ध आत्मीय बन्ने योग रहेको छ ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला।  तर कडा मिहेनत र धैर्यता राख्दा केहि फलिफाप हुने सम्भावना रहेको छ । शत्रुहरु बढ्नेछन भने मनोबल घटाउनेहरु प्रशस्त भेटिनछन् । स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा सचेत रहनुहोला । 

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। विशेष योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् भने स्वास्थ्य सबल रहने छ । यात्राको अवसर पनि जुट्नेछ ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) :आफ्नै कमजोरीले विवादमा परिने योग रहेको हुँदा सचेत रहनुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय रहेको छ । कडा मिहिनेत र लगशीलतापछि पनि गरिएको कामबाट लाभ नहुँदा मन खिन्न रहन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्ने योग रहेको छ भने कडा मिहेनत गर्दा राम्रो फल पाउन सकिन्छ ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने सामाजिक दायित्व बढ्नेछ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्नेछ। चुनौतीहरू स्वतः हट्नेछन् । कर्मयोग र आम्दानीले पछ्याउनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन रहेको हुनाले आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त मनमुटाव हुन सक्छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्ने हुँदा विचार पुर्याउनुहोला । टाढाको यात्रा फलदायी हुँदैन ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : आजको दिन तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन रहेको छ।  गरेको मेहनतले कीर्ति दिलाउनेछ भने पारिवारीक सम्बन्ध राम्रो हुने योग रहेको छ। धन आगमनको रहेको सङ्केत छ भने मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) : कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन भने पारिवारिक सुख मिल्नेछ । प्रशंसकहरु बढ्ने योग रहेको छ भने सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आँटेका काममा बाधा आउनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु खासै उपलब्धीमूलक हुँदैन । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा सतर्कता अपनाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *