काठमाण्डौ उपत्यकामा पनि भोलीदेखि निषेधाज्ञा :

काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकामा पनि संक्रमितको संख्या निकै बढेसँगै भोलि बुधबार राति १२ बजेदेखि एक साताको लागी काठमाडौं उपत्यकामा निषेधाज्ञा हुने भएको छ। मंगलबार साँझ बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
देशव्यापी लकडाउन खुलेसँगै सरकारले कोरोना संक्रमण नियन्त्रणका लागी जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियाे भने सोहि अनुसार जिल्ला प्रशासनले निषेधाज्ञाको निर्णय गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
हिन्दु धर्मको चाड तिज नजिकिएसँगै संक्रमण फैलने थप त्रास बढेकाले उक्त निर्णय लिइएको हो । उपत्यकामा आज मात्रै २ सय ५ जना संक्रमित थपिएका छन् ।