विपतमा परेका नागरिकलाई सरकारको यस्तो सहयोग :

काठमाडौं । मुनसुन लागेसँगै नेपालमा बाढी पहिरोले निकै क्षती पुर्याएको छ भने यसमा परि धेरैले ज्यान गुमाएका छन् । प्राकृतिक विपतमा  परी मृत्यु हुने व्यक्तिको परिवारलाई सरकारले तत्कालै नगद राहत दिने भएको छ । मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

एकै परिवारका एक भन्दा बढीको मृत्यु भएको अवस्थामा भने एक जनाको २ लाख र अन्यको हकमा प्रति व्यक्ति थप १ लाख रुपैयाँ दिइनेछ । त्यस्तै विपतबाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएको खण्डमा भने ५ जनासम्म सदस्य भएका परिवारलाई तत्काल १५ हजार र बढी भएमा २० हजार रुपैयाा दिने निर्णय भएको बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै यदि घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्नका लागी सरकारले तत्काल १ लाख रुपैयाँसम्म सहायता दिनेछ भने घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति १ हजार यातायात खर्च पनि सरकारले दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *