‘मेसीले क्लब छाडे बार्सिलोनाको नाम फेर्नुपर्छ’

काठमाण्डौ । बार्सिलोनाको निरन्तरको खराब प्रदर्शन तथा क्लबको बोर्डसँगको खराब सम्बन्धका कारण यतिबेला कप्तान लियोनल मेसी चिन्तित छन् । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा टोली ८–२ ले पराजित भएपछि सेतियन बर्खास्तीमा परे । अहिले मेसीले क्लब छाड्नसक्ने चर्चा चलिरहेको समयमा बार्सिलोनाका पूर्व खेलाडी स्यामुयल इटो भने मेसीले हर हालतमा बार्सिलोनामै करियर टुंग्याउने वातावरण तयार हुनुपर्ने बताउँछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उनले भने, ‘ हामीसँग सर्वकालीन उत्कृष्ट खेलाडी भएको कारण हामी निकै भाग्यमानी । बार्सिलोना नै मेसी हो र मलाई लाग्छ यदि मेसीले क्लब छाड्ने निर्णय लिए भने हामीले क्लबको नामै फेर्नुपर्छ ।’