भुटेको मकै खानुको यति धेरै फाइदा..

काठमाण्डौ । भुटेको मकैमा धेरै मात्रामा फाइबर, पोलिफेनोलिक कम्पाउन्ड, एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली तत्वहरु पाइन्छन् । यसमा अधिक मात्रामा भएको फाइबरका कारणले गर्दा पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई कहिल्यै पनि एसिडिटी तथा कब्जियतको समस्या हुँदैन।
भुटेको मकैमा प्रशस्त फाइबर हुन्छ जसले अत्यधिक कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई पनि फराकिलो बनाउँछ र यसले गर्दा हार्ट अट्याकको सम्भावना पनि निकै नै कम हुन्छ । भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले यसले हाम्म्रो शरीरमा रहेको हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
भुटेको मकै खाँदा दाँतको व्या’याम पनि गराउँछ। मकै खादा यसले दाँत सफा गर्ने र दातलाई बलियो बनाउँछ। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्या’ग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरका हड्डीलाई बलियो बनाउछ।