शक्तिशाली गणेशले वहानको रुपमा किन मुसालाई रोजे?

काठमाण्डौ । भगवान गणेशलाई आजको समयमा हिन्दु धर्मावालिमा एक विशेष स्थान र मान्यता दिईएको छ । विशेषत उनलाई मंगलबारको दिन पूजिने भएपनी जुनसुकै कार्यको थालनी गर्नुपूर्व गणेशको पुजा गर्ने गरिन्छ। श्रीगणेशको वहान हो मुसा। जसरी हिरा अनि आँखाको नानी हेर्दा सानो देखिएपनि तिनीहरु निकै बहुमुल्य छन् त्यस्तै मुसो पनि सानो भएता पनि धेरै बलवान मानिन्छ ।
मुसा सानो हुन्छ तर बहुतै चलाख । मुसाले समुन्द्र पारीबाट अन्नहरूको बिउ ल्याएर प्राणीहरुको ज्यान बचाएको हो भन्ने धार्मिक मन्थन पाईन्छ । अक्सर मान्छेहरु सानो कुराहरुलाई आनाकानी गर्छन् । तर हरेक कुराको आकार हेरेर त्यसको बारेमा आँकलन गर्नु गलत हुन्छ भन्छ भन्ने भाव भगवान गणेशको वहान मुसाले दिन्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
तसर्थ हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशबाट चलाख र बुद्धिमान हुन अनि सल्लाह सुझावका लागि उपयुक्त पात्र छान्नुपर्छ भन्ने कुरा सिक्नुपर्छ।