आजदेखि प्युठानमा यातायात बन्द

काठमाण्डौ । कोरोना संक्रमण दर बढी भएका जिल्लाका मानिसहरुको आवातजावत बढी हुन थालेपछि प्युठानमा आज राति १२ बजेदेखि लागु हुने गरि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताएका छन् ।
पन्थीले भने, ‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले गर्दा भदौ १५ गतेसमका लागी यातायात बन्द गर्ने निर्णय गरिएको उनले बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
आज प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले पूर्ण रुपमा सवारी बन्द गर्ने निर्णय गरेको हो ।