नेपालमा आज एकैदिन थपिए एक हजारभन्दा बढी संक्रमित :

काठमाण्डौ । दिनहुँ संक्रमित बढ्ने क्रममा नेपालमा आज थप १ हजार १६ जना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ । यो आज सम्मकै उच्च संख्या रहेको छ । यससँगै नेपालमा अहिले कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ भने १ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एकातिर संक्रमितको संख्या बढिरहेको छ भने अर्को तर्फ निको हुनेको संख्या पनि बढीरहेको छ । अहिलेसम्म १७ हजार ५ सय ८० जना संक्रमितहरु भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने हाल १० हजार ५ सय ६३ जना संक्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ ।

त्यस्तै गरि देशका विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल १३ हजार ९ सय २६ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *