‘म्यूजिक भिडियो’मा राष्ट्रिय झण्डा जलाउने समूहका एकजना पक्राउ

काठमाडौं । यहि सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट एउटा म्यूजिक भिडियो अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समेत समावेश गरिएको उक्त भिडियोको अहिले सामाजिक संजालमा निकै आलोचना भैरहेको छ भने  त्यस म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिएका छन् । ललितपुरको नखिपोट निवासी इशाकले उक्त भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए भने सो समूहका अन्य चारजना भने फरार रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *