एकैदिन ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा एकैदिनमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे र बाँकेका १/१ जना रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मंगलबार मृत्यु हुनेहरुमा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षीय पुरुष, काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय वृद्ध, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुष, कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिला तथा बाँकेकाे नेपालगन्जमा ६२ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या  १ सय १३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *