काठमाण्डौ उपत्यकामा पनि निषेधाज्ञा हुने ?

काठमाण्डौ । दिनहु रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ । धेरै जनसंख्या रहेको काठमाडौंमा संक्रमितको संख्या २ हजार नाघिसकेको छ भने यससँगै उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच यसबारे अनौपचारिक छलफल चलीरहेको छ ।
केही दिन अघि मात्र काठमाडौंमा सट डाउन गरिएको थियो । यद्धपि संक्रमितको संख्या झन् बढ्न थाल्यो । त्यसैले अब भने नयाँ विकल्पबारे छलफल सुरु भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीनै जिल्लाका सीडिओहरुबीच यसबारे अनौपचारिक छलफल जारी रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
‘उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ, नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘अब चाँडै संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने तयारी छ।’ उनका अनुसार उपत्यकामा अत्यावश्यक बाहेकका अन्य सबै गतिविधि बन्द हुने गरी निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ ।