पहिरोले म्याग्दीको हिलबाङ खोला थुनिएपछि तल्लो क्षेत्रका गाउँ जोखिममा

काठमाण्डौ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । सोमबार दिउँसो ४ः३० बजे अर्मनको पाखु सामुदायिक वनबाट पहिरो खस्दा ठाडो खोला थुनिएको छ भने खानिवास, कुर्सिला तथा खारापानी क्षेत्रमा जोखिम बढेको छ । खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले भने “माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ । ” पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली उक्त स्थानमा गएको छ । साथै बाबियाचौरबाट प्रहरीको टोलीसमेत पहिरो स्थलमा प्रस्थान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *